ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर

cricket_pics
लोकपाटी न्यूज
0 Shares

काठमाडौं।  पहिलो दुई खेलमा पराजित भएर दबाबमा परेको ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भैरहवा ग्लाडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङमा आएको लतिलपुरले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाई १ सय ७७ रन बनायो । ओपनर सन्दीन विराकोडीले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बल खेली २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान एवं ओपनर कुशल भुर्तेललाई २ रनमै रनआउटमा गुमाए पनि विराकोडीले अर्का श्रीलंकाली खेलाडी ओसाडा फर्नान्डोसँग दोस्रो विकेटमा ८ ओभरमा ६६ रनको साझेदारी गरे । फर्नान्डोले १९ बल खेली १ चौका र २ छक्कासहित २० रन बनाए ।

सन्दीप जोराले ३८ र अफगानिस्तानका अजमतुल्लाह ओमारजाईले ४२ रन बनाएपछि ललितपुर चुनौती स्कोर बनाउन सफल भयो । सन्दीपले २५ बल खेली २ चौका र २ छक्कासहित ३८ तथा ओमारजाईले २२ बल खेली २ चौका र ४ छक्का प्रहार गरे ।

पवन सर्राफ १ र योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । अविनाश बोहराले २ विकेट लिए । तर त्यसका लागि उनले ४ ओभरमा ४७ रन खर्चे । धम्मिकाप्रसाद, कृष्ण कार्की र आरिफ शेखले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्