नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरधनीलाई १६ प्रतिशत लाभांश

  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यससँगै बैंकले यस पटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने नगद लाभांशतर्फ कुल ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ खर्चिनेछ ।

लाभांश भने नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्