शरीरमा पानीको मात्रा कम भए देखा पर्छन् यस्ता समस्या

water drinking
  • 38
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मानिसका लागि पानी जीवनको आधार नै हो। त्यसैले हामीले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ। तर धेरैले पानी पिउनुलाई प्रथामिकता दिँदैनन् र शरीरमा पानीको कमी भएर विभिन्न समस्याहरु देखा पर्न सक्छ।

यस्ता देखिन्छन् स्वास्थ्यमा समस्या :

१. शरीरमा पानीको मात्रा कम भएमा पूरै प्रणाली कमजोर हुन्छ। जसका कारण शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ। त्यसैले थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ।

२. मानिसको दिमागको ७० प्रतिशतभन्दा बढि भाग पानीले बनेको हुन्छ। पानीको कम हुँदा दिमाग मन्द हुन्छ। जसका कारण काम गर्न पनि मन नलाग्ने र ध्यान नजाने हुन्छ।

३. टाउको साह्रो दुखेमा तत्काल पानी पिउनु पर्दछ। पानीको अभावमा पनि टाउको दुख्न सक्छ।

४. दिनमा कम्तीमा दुई पटकभन्दा बढी पिसाब गर्दा पिसाब धेरै पहेंलो छ भने शरीरमा पानीको मात्रा कमी भएको हुन्छ। त्यसैले पर्याप्त पानी पिउनु पर्दछ।

५. यदि शरीरमा पानीको मात्र कमी भएको छ भने शरीरले सही मात्रामा थुक बनाउन सक्दैन र श्वास गहाउने गर्दछ। यदी मुखमा प्रशस्त थुक भएन भने हानिकारक ब्याक्टेरिया बन्न गई श्वास गन्हाउँछ।

६. मौसम विपरित पनि छाला सुख्खा रहनु, बारम्बार ओठ फुट्ने गर्छ भने त्यसको कारण पनि पानीको मात्रा कम हुनु हो। त्यसैले पानी पिउने गरौं।

७. शरीरमा पानीको मात्र कम भएमा पिसाबको मात्रामा नियमितको तुलनामा कम हुने गर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्