चार सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ। छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० तोकिएको छ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ८९ हजार ८५० मा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ। यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो।

मंगलबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्