चेन्नईले दियो पञ्जावलाई १३५ रनको लक्ष्य

  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं । फाप डुप्लेसीको ७६ रनप्रेरित चेन्नई सुपर किङ्सले आज इन्डियन प्रिमियर लिग पञ्जाव किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियोे ।

चेन्नईका लागि डुप्लेसीले ५५ बलमा आठ चौका र दुई छक्कासहित ७६ रन बनाए । डुप्लेसीबाहेक रविन्द्र जडेजाले अविजित १५ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी र रुतुराज गाइकवार्डले समान १२ रन बनाए ।

पञ्जावका अर्शदीप सिंह र क्रिस जोर्डनले समान दुई विकेट लिँदा मोहम्मद सामी र रवि विश्नोईले एक–एक विकेट लिए । चेन्नईले आज जित शीर्ष स्थानको दिल्ली क्यापिटल्ससँग अङ्क बराबरी गर्नेछ