बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट

ipo
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको आइपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलमा शुक्रबार बिहान १०ः३० बजे बाँडफाँट भएको हो।

आइपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जानकारी गराएको छ।

बाँकी योग्य २० लाख १४ हजार ९२२ जना आवेदकमध्ये गोलाप्रथाद्धारा ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन्। कम्पनीले असोज ११ गते देखि१४ गते सम्म ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो।

कुल कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचाराहरुको लागि ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्