‘सीमावार्ता सुरु गरौं, तुइन प्रकरण फेरि छानबिन होस्’

tuin barta
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। दिल्ली भ्रमणमा रहेको सत्तारुढ कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भेटेर सीमावार्ता सुरु गर्नुपर्ने र दार्चुला तुइन प्रकरणको फेरि छानबिन गनुपर्ने प्रस्ताव गरेको छ।

शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रतिनिधिमण्डलका नेता पूर्वपरराष्ट्रिमन्त्री एवं कांग्रेस सभापति डा।प्रकाशशरण महतले तुइनबाट महाकालीमा खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिलाउनसमेत जयशंकरको ध्यानाकर्षण गराएका छन्।

‘भारतीय विदेशमन्त्रीसँग हामीले खुला रुपमा छलफल गरेका छौँ ।’ तुइन प्रकरणदेखि सीमाका विषयमा संवाद गरौं भनेर स्पष्ट धारणा राखेका छौं। भारतमा नोटबन्दीपछि नेपालमा बाँकी रहेको भारु सटही गरिदिन पनि आग्रह गरेका छौँ,’ भेटवार्तापछि महतले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालमा खरिद गरेको कोभिसिल्डको आपूर्ति चाँडै होस्, नेपाललाई मल उपलब्ध गराउन सहजीकरण होस् पनि भनेका छौँ।’

करिब आधा घण्टा भएको भेटवार्तामा महतसँगै नेताहरु उदयशमशेर राणा र अजय चौरसिया सहभागी थिए। भारततर्फबाट जयशंकरसँगै भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र विदेश विभाग सदस्य आश्विन जोहर सहभागी थिए। परराष्ट्र मन्त्रालयले तयार गरिदिएको नोटसमेत दिएर कांग्रेस नेताह्रुले नेपालका एजेन्डा राखेका थिए। आजको नयाँ पत्रिकामा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्