बाँकेमा महिला क्रिकेट एकेडमी स्थापनाको निर्णयले खेलाडी उत्साहित

cricket_pics
  • 48
    Shares
लोकपाटी न्यूज

नेपालगञ्ज। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने युवा तथा खेलकुद मन्त्रीको निर्णयबाट बाँके लगायत यस क्षेत्रका क्रिकेट खेलाडीहरु उत्साहित भएका छन्।

बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराजले युवा तथा खेलकुद मन्त्रीको सपथ ग्रहण गरेलगत्तै पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने घोषणा गरेपछिखेलाडी उत्साहित भएका हुन्।

नेपालको राष्टिय क्रिकेट टोलीका पुर्व कप्तान एलबी क्षेत्रीले मन्त्री गहतराजको सो निर्णयले महिला क्रिकेट लगायत पुरुष क्रिकेटको पनि उत्थान हुने जनाउँदै बाँकेमा एकेडेमी स्थापना हुनु गौरवको विषय भएको बताए।

नेपाली महिला क्रिकेटको उदगमस्थलको रुपमा रहेको बाँकेमा नै एकेडेमी स्थापना भएपछि थुप्रै महिला खेलाडी उत्पादन हुने उनले विश्वास व्यक्त गरे। यस्तै, राष्टिय महिला क्रिकेट टोलीका पुर्व कप्तान नेरी थापाले पनि बाँकेमा महिला क्रिकेट एकेडेमी स्थापना गरिने निर्णयले समग्र महिला खेलाडीलाई उर्जा प्रदान गरेको बताए।

बाँकेमा क्रिकेटका थुप्रै महिला राष्ट्रिय खेलाडीहरु रहेको चर्चा गर्नुहुँदै एकेडेमी स्थापनाले फेरि एक पटक यो क्षेत्रले महिला क्रिकेटमा सफलता पाउने प्रशिक्षक जमिल अहमद अन्सारीले बताए।