सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर ९० हजार ७०० कायम भएको छ। छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार १५० मा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा पाँचले बढेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला एक हजार १७५ तोकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्