गायिका अपेक्षा गिरीको ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक (भिडियो)

pic 55
  • 40
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गायिका अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको संगीत रहेको निष्ठुरी प्रदेशीको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन्। गीतमा एरेन्ज पुरुषोत्म सुबेदीको रहेको छ।

निकै मार्मिक गीत निष्ठुरी प्रदेशीको भिडियोमा चिरञ्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्माको अभिनय रहेको छ। भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ। घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियोमार्फत् प्रस्तुत गरिएको छ।

गीतको भिडियोलाई सिर्जन बराल (ऋषि)  ले निर्देशन गरेका हुन्। अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ।

मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसँग सोल्टिनी र टंक तिमिल्सिना माया नमार्नु नि है जस्ता सफल गीत सार्वजनिक भईसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्