वर्तमान व्यवस्था पल्टाउने खतरा छ : डा. भट्टराई

Baburam_Bhattarai
  • 304
    Shares
लोकपाटी न्यूज

चितवन। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्वासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन्। पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘सुकुम्वासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो।’ आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्वासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए। उनले अगाडि थपे, ‘वास्तविक सुकुम्वासी पहिचान गरौं, तितरबितर पार्नु समस्याको समाधान होइन।’

फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एक खाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताए। उनले भने, ‘अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निराशा आउँछ।’

प्रतिगमनविरुद्ध संघर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो। उनले भने, ‘गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्