डेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

accident
  • 18
    Shares
लोकपाटी न्यूज

डडेल्धुरा। धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका-१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन्।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्