चाडपर्वहरु सम्बन्ध सुधारका आधार हुन् : सभामुख सापकोटा

Agni_Sapkota
  • 476
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले २०७८ सालको दशैं, तिहार, पर्व र नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सभामुख सोपकोटाले सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा भएका प्राकृतिक विपत्ति र कोभिड–१९ का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन्।

चाडपर्वहरु मौलिक नेपाली संस्कृति एवं नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र विविधताहरुको प्रतिनिधित्व गर्ने उनको भनाइ छ। दशैं, तिहार, छठलगायत चाडपर्वले हामीबीचको एकता, आपसी हित, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै आएको उनको भनाइ छ।

चाडपर्वहरुको अवसर पारेर हुने परिवार एवं आफन्त भेटघाट, छलफल र भलाकुसारी पारिवारिकदेखि सामाजिक क्षेत्रको सकारात्मक परिवर्तनका योजना निर्माणका लागि समेत महत्त्वपूर्ण सावित हुने र यसले सबैमा सकारात्मक सोच पैदा गर्ने विश्वास लिएको छु।

यस्ता अवसरहरुबाट देशमा समृद्धिको जग बसाल्ने विषयमा गम्भीर भएर सोच्न, थप रचनात्मक बन्न सबै उमेर समूहका आम नागरिकलाई प्रेरणा मिल्ने अपेक्षासमेत सभामुख सापकोटाले गरेका छन्।

करिब दुइ बर्ष यता महामारीका रुपमा रहेको कोभिड-१९ केही मत्थर भएजस्तो देखिए पनि चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउनसमेत उनले आग्रह गरेका छन्। हाम्रा चाडपर्वहरु सम्बन्ध सुधार एवं सकारात्मक सोच प्रवाहका लागि अवसर सावित हुने विश्वाससमेत सभामुख सापकोटाले गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्