महँगीले घेरेको दशैं, लापरबाही राज्यसंयन्त्र

Dashai
लोकपाटी न्यूज
  • अनुसा थापा

भक्तपुर। नेपालीहरूको महान् चाड हो विजयादशमी। दशैं आएसँगै भगवतीहरूको महिमा गाउने, आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वाद थाप्ने र पूजा गर्ने काम हुन्छ। जसको लागि फलफूल अत्यन्त आवश्यक पर्दछ। आफन्त भेट्न जान पनि फलफूल, मिठाइ, आदि चीजबीजको निकै आवश्यक पर्छ। अझ दशैंमा सबैभन्दा बढी आवश्यक पर्ने चीज भनेको माछामासु पनि हो। शाकाहारीहरूले भने दशैंमा दूध, दही, पनिर जस्ता दुग्धजन्य खानेकुराको उपभोग गर्छन्।

माछा मासुको साथसाथै हरियो तरकारी पनि निकै आवश्यक पर्छ। खानामा सन्तुलन राख्नको लागि सबैले हरियो तरकारीको प्रयोग गर्दछन्। तर चाडबाडको मौका छोपेर व्यापारीहरूले सर्वसाधारणको भान्सामा प्रयोग हुने यस्ता खाद्य पदार्थहरूको ह्वात्तै मूल्यवृद्धि गरेको छन्। दशैंअघि नब्बे रुपियाँ दर्जन पाउने केरा अहिले एक सय पचास रुपियाँसम्म पर्न गएको छ। दुई सय पचास पर्ने स्याउको अहिले बजार मूल्य प्रतिकेजी चार सय रुपियाँसम्म परेको छ। नरिवल र हाँसको फुलको मूल्य व्यापारीहरूले दोब्बर उठाएको छन्।

व्यापारीहरूले एक दिनमा सामानको मूल्य दोब्बर गराएर जनता ठग्दा शेरबहादुर देउवाको सरकार कहाँ छ। अनुगमन गर्नतर्फ कुनै पनि सम्बन्धित निकायको ध्यान गएको छैन। जसले खाद्यवस्तुको उत्पादन गरेको छ उसले न बजार पाउन सकेको छ। न त किसानले आफ्नो उत्पादित सामानको उचित मूल्य नै पाउनै सकेको छन्। मासु पसलेहरूको पसलैपिच्छे छुट्टाछुट्टै भाउ छ। कुनै मासु पसलमा किलोको चौध सय छ भने कुनैमा पन्ध्र सय छ। खसीको भनेर बाख्राको मासुसमेत मिसाउने गरेको छन्।

कुखुराको मासु तीन सय पचासदेखि साढे चार सयसम्म छ। माछा, राँगा र बुंगुरको मासु पनि मनलाग्दी भाउ तोकेर बिक्री वितरण भइरहेको छ। राँगाको मासु भनेर भैँसीको मासु बेचिरहेको छन् मासु पसलेहरूले। भन्नलाई जिउँदो कुखुरा भन्छन् तर मरेको हो कि भन्ने पनि कसैलाई पत्तो छैन। अण्डा प्रतिगोटा बिस रुपियाँ तोकेको छन्। दशैंमा सबैभन्दा आवश्यक पर्ने चीजबीज भनेको माछामासु र अण्डा हो। तर यी खाद्यवस्तुहरूमा पनि मिसावट गरेको पाइन्छ।

बजारमा पाइने अधिकांश मदिरा स्वास्थ्यलाई हानि गर्ने खालको छन्। घरमा बनाइने लोकल मदिराहरूमा समेत अखाद्य वस्तुहरूको मिसावट छ। सिलप्याक मदिरा पनि त्यस्तै हो। नामचाहिँ ठुलठुला मदिरा कम्पनीको राख्दै बिक्री वितरण भइरहेको छ। नेपालको अधिकांश सर्वसाधारण शाकाहारी छन्। उनीहरूको माछामासु खाँदैनन्। त्यसैले चाडबाडको बेलामा मिठाइ खान रुचाउँछन्। आफन्तका लान पनि मिठाइको खरिद गर्ने गरिन्छ। तर मिठाइ पसलेहरूले गुणस्तरहीन मिठाइ बिक्री वितरण गरिरहेको छन्।

झिँगा भन्किएका, बासी सडेगलेको मिठाइहरू पनि बजारमा उपलब्ध छन्। जनताहरू पनि त्यस्ता मिठाइको प्रयोग गर्न बाध्य छन्। मिठाइ बनाउने ठाउँसमेत निकै फोहोर छ। मिठाइ पसलेहरूले आफूखुसी मिठाइको मूल्य निर्धारण गरेको छन्। मिठाइहरू खानयोग्य छ कि छैन भन्ने कुरा कसैलाई पनि थाहा छैन। बजारमा अहिले पनि सडेगलेका, बासी र म्याद सिद्धिएको सामानहरू पनि बिक्रीको लागि राखिएको छ। जनताले त्यस्ता व्यापारीको विरोधमा उजुरी गर्ने ठाउँ काहीँ छैन। कति व्यापारीले बिना दर्ता व्यवसाय सञ्चालन गरेको छन्। पसलमा सरकारले तोकेअनुसारको भाउमा कुनै पनि सामान पाइँदैन।

एकातिर उनीहरूको दर्ता पनि छैन। चाडबाडको बेलामा सरकोले सकेसम्म अनुगमन गर्ने जनशक्तिमा वृद्धि गर्नुपर्ने हो। अनुगमन गर्न जिम्मा पाएका सम्बन्धित निकायहरूले प्रधानमन्त्रीको हाताभित्र छ। तर प्रधानमन्त्रीलाई राजनीतिक दलको भागबण्डा मिलाउँदै ठिक्क छ। प्रधानमन्त्री सबैभन्दा निकट व्यक्तिहरू कुन कर्मचारीलाई सरुवा र बढुवा गर्ने भनेर सोच्न मै व्यस्त छन्। कसले कमिशन दिन्छ यो सोचेर भ्याए त यिनीहरूलाई जनताको बारेमा सोच्नलाई फुर्सद हुन्छ। यो भन्दा बढी सोच्न यिनीहरूसँग दिमाग पनि त हुनुपर्‍यो।

जतिखेर नि ठेक्का पट्टाबाट आउने कमिशनको पछाडि दौडिएका छन्। अनुगमन गर्न खटिएका कर्मचारीहरू व्यापारीहरूसँग पैसा लिएर मज्जाले दशैं मानेर बसेको छन्। अनुगमन गर्न जाने कर्मचारीहरूको घरघरमा व्यापारीहरूले सामान पुर्‍याइदिएको छन्। जनताले तिरेको करबाट तलब खान्छन्। गाडी चढ्छन्, लुगा लाउँछन्। अनि कामचाहिँ व्यापारीको गर्छन्। यस्ता भ्रष्ट कर्मचारीबाट केको अनुगमन होला भन्ने आशा राख्न सकिएला। विपक्ष दलका राजनीतिक पार्टी र सांसदहरू महँगीको विषयमा आवाज उठाउँदैनन्।

यिनीहरूले पनि जनताले तिरेको करबाट तलब र सेवा सुविधा लिएको छन्। तर व्यापारीसँग मिलेर भ्रष्ट्राचार गरेको छन्। अहिले हरेक कुरामा महँगी बढेको छ। सबैभन्दा बढी महँगी बढेको तेलमा हो। सार्वजनिक यातायातमा पनि सरकारले ह्वात्तै भाँडा बढाएको छ। पोहोर पन्ध्र सय तिर्नुपर्ने उति नै बाटोमा पच्चीस सय तिर्न जनता बाध्य छन्। एक साताको खाने तेलमा पचास रुपियाँसम्म मूल्यवृद्धि भएको छ। यत्रो महँगो भाउमा सामान खरिद गर्नु छ। तैपनि सामान गुणस्तरीय छ भनेर कसैले पनि प्रतिबद्धताको साथ बेच्न सकेको छैन।

व्यापारीहरूले नै सामानमा मिसावट गरेको छन्। तौलमा समेत व्यापारीले उपभोक्ता ठगेको छन्। ससाना खुद्रा पसलेसँगै भाटभटेनी जस्ता ठुला मलहरूले कम तौल राखेर सामान बेचिरहेको छन्। प्याकेटमा एक केजी लेखेको हुन्छ तर तौल निकै नै कम हुन्छ। व्यापारीहरूको जनता ठग्ने पोलेसी नै यही हो। हुन त व्यापारीको अगाडि राजनीतिक दलदेखि लिएर सरकारको केही लाग्दैन। त्यही व्यापारीले राजनीतिक दलका नेताहरूलाई चुनाव लड्नको लागि चन्दा दिएको हुन्छन्। व्यापारीहरूले खुल्ला रूपमा हामीले यो पार्टीलाई यति चन्दा दिएको भनिरहेको हुन्छन्।

राजनीतिक दलले उद्योग व्यापार, निर्माण व्यवसायी वा अन्य जुनसुकै व्यवसायीहरूलाई पार्टीको सदस्य बनाउने र यिनीहरूसँग लेबी उठाउने अनि जनता ठग्ने काम गरेको छन्। राजनीतिक दलहरूले पैसा खाएर मनोनीत सांसद बनाउने काम गरेको छन्। राजनीतिक दलहरूले पैसा लिएर मनोनीत सांसद बन्नेमा स्वास्थ्य, शिक्षा क्षेत्रका सांसदहरू सम्म पर्छन्। यस्ता माफियाहरू पैसाको आडमा मन्त्रीसम्म बने। कर्मचारीहरूलाई सरकारले दिएको तलब नपुगेर व्यापारीहरूसँग मिल्दा महँगी बढेको हो। न इमान्दारिता राजनीतिक दलमा छ न त सरकारी कर्मचारीहरूमा नै छ।

तर यसको मारमा भने जनता परेको छन्। यिनीहरूको यस्तो व्यवहारको कारणले पनि जनता भोक भाकै मर्नुपर्ने स्थिति आएको छ। दशैं नेपाली जनताको चुल्होमा दशा बन्न पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्