‘गोरखा’ मा अक्षय

Gorkha
लोकपाटी न्यूज

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार र फिल्म निर्माता आनन्द एल रायले शुक्रवार फिल्म ‘गोरखा’को घोषणा गरेका छन्। भारतीय सेनाको पाचौं गोर्खा राइफल्सका मेजर जनरल इयान कार्डोको जीवनीमा फिल्म आधारित हुनेछ। चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्ट पनि रिलिज गरिएको छ।

चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पूरन सिंह चौहानले गर्नेछन्। इयान कार्डोजोले सन् १९६२, १९६५ र विशेष गरेर १९७१ को भारत-पाकिस्तान युद्धमा भाग लिएका थिए। फिल्मलाई लिएर अक्षय कुमार निक्कै उत्साहित छन्। दसैंको अवसरमा अक्षयले फस्ट लुक पोस्टर शेयर गरेका छन्।

उनले लेखेका छन्, ‘कहिले-कहिले तपाईंको सामु यस्ता कथाहरु आउँछन् जो यति प्रेरणादायी हुन्छन् कि तपाईं त्यसलाई बनाउन चाहनुहुन्छ। गोरखा – महान् युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित यस्तै एक फिल्म हो। एक आइकनको भूमिका निभाउन र यस विशेष चलचित्र प्रस्तुत गर्दा म सम्मानित महसुस गरिरहेको छु।’

अक्षय कुमारले फिल्ममा युद्ध नायकको भूमिका निर्वाह गर्न पाएकोमा गौरवान्वित भएको उल्लेख गरेका छन्। मेजर जनरल इयान कार्डोजोले भने, ‘यो कहानी १९७१ को युद्धको ५० औँ वर्षगाँठको अवसरमा ल्याउन पाउँदा निकै सम्मानित महसुस गरिरहेको छु। यसले भारतको सशस्त्र बलको साहस र बलिदानलाई याद दिलाउँछ। म आनन्द र अक्षयसँग काम गर्नका लागि उत्सुक छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्