जागिर लगाइदिने भन्दै १४ लाख ठग्ने भट्टराई पक्राउ

लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेललाई १५ लाख ५० हजार ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले झापाको कनकाई नगरपालिका ३ घर भइ चाबहिल बस्ने निलम भट्टराईलाई पक्राउ गरेको हो ।

पटक पटक गरी दुर्गाबाट १४ लाख ५० हजार असुल गरेको र पछि जागिर पक्का भयो भन्दै काठमाडौं बोलाएर निलम सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीको आधारमा महाशाखाको टोलीले निलमलाई सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मंगलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्