‘कोरोना महामारी अझै एक वर्ष रहन्छ’

लोकपाटी न्यूज

एजेन्सी। विश्व स्वास्थ्य संगठन (ब्लुएचओ) ले कोरोना महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ। संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने बताएका हुन्।

विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको भनाई छ। डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन्।

जबकी अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ। यसको अर्थ सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको छ। विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ती नबढाउने हो भने कोरोना भाइरसमाथि जित हात पार्न नसकिने पनि डब्लुएचओको ठम्याई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्