सुनकाे मूल्य बढ्याे, ताेलाकाे कति ?

लोकपाटी न्यूज

काठमाडौं। आज सुनचाँदीकाे मूल्य बढेकाे छ। नेपाली बजारमा छापावाल सुनको मूल्य रु ३ सय रुपैयाँले बढेको हाे।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले बढेर ९१ हजार ७०० मा कारोबार भइरहेको छ। बुधबार सुन ९१ हजार ४०० मा कारोबार भएको थियो।

यस्तै तेजावी सुनको मूल्य ९१ हजार २०० तोकिएको छ। बिहीबार चाँदी १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १२ सय ३५ मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्