यी हुन् डा.सापकोटाको कार्यकालमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा भएका महत्वपूर्ण कामहरु

DR Rupak sapkota
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका निवर्तमान उपकार्यकारी निर्देशक डा. रुपक सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा रहदा आफूले गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेका छन्।

पदबाट राजीनामा दिएसँगै सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् डा. सापकोटाले प्रतिष्ठानमा करिब दुई वषको अवधिमा आफूले गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेका हुन्।

डा. सापकोटाले फेसबुकमा लेखेका छन्,‛प्रतिष्ठानलाई प्राप्त भएको कार्यादेश एवं यसका उद्देश्यहरु हासिल गर्न, प्रतिष्ठानको सवलीकरण र यसका कामकार्वाहीहरुलाई थप प्रभावकारी बनाउन, मानव संसाधनको अभाव हुन नदिन एवं गहन अध्ययन अनुसन्धानात्मक कार्यहरुको गुणात्मक बढोत्तरी गर्नका लागि निरन्तर लागि परें।’

उनले पर्याप्त श्रोत‑साधनको अभाव, राज्यको उपेक्षा, प्रतिष्ठानको कमजोर कानुनी हैसियतका वावजुद पनि महत्वपुर्ण एवं उल्लेखनीय कामकार्वाहीहरु सम्पन्न भएको उल्लेख गरेका छन्।

यस्ता छन् दुई वर्षको अवधिका भएका कामहरु :

– प्रतिष्ठानले अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामहरुको अध्ययन र अनुसन्धान गदै बैदेशिक मामिलामा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा नीतिगत पृष्ठपोषण गर्दै आएको छ।

– बदलिदो विश्व शक्ति सन्तुलनसँगै परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध संचालनमा अनेकन चुनौतीहरु थपिदै गएको पृष्ठभूमिमा, नेपाल सरकारलाई विश्व राजनीतिमा भए गरेका घटनाक्रमहरुलाई अध्ययन एवं विश्लेषण गरी नेपालको कुटनीति संचालनमा सहयोग पुराउन हेतुले कार्यनीतिक एवं रणनीतिक उपाय सुल्झाएर दैनिक एवं मासिक संक्षिप्त नीतिगत सार (Policy Briefing) उपल्ब्ध गराउने कार्यको थालनी भएको छ।

-प्रतिष्ठानले यस अवधिमा विभिन्न प्रकृतिका दश वटा शोध एवं अनुसन्धानात्मक पुस्तकहरु प्रकाशित गरेको छ।

– प्रतिष्ठानको स्थापना भएपश्चात पहिलो पटक गहन एवं अनुसन्धानात्मक आलेखहरु संकलन गरी Peer Reviewed जर्नल, “Journal of Foreign Affairs” को पहिलो अंक प्रकाशन भएको छ।

-विश्वमा व्याप्त Covid-19 महामारीको प्रभाव र यसले नेपालको विदेश नीति, आर्थिक कुटनीति एवं अन्तराष्ट्रिय सम्बन्ध संचालनमा लगायतका क्षेत्रमा पर्न सक्ने प्रभावरूबारे समीक्षा गरिएको अनुसन्धानमुलक प्रतिवेदनहरू प्रकाशित भएको छन् । जस्तै, ‘COVID-19 Multidisciplinary Narritives: Contribution to Nepal’s Foreign Affairs’ अनुसन्धानमुलक पुस्तक प्रकाशित भएको छ।

– कोभिड–१९ को प्रभाव नियन्त्रण, रोकथाम र उपचारका लागि नेपालले गरेको विभिन्न अन्तर्राष्ट्रिय सहकार्यबारे ‘Nepal’s Effort to Address COVID-19 Crisis Through International Engagement’ दस्तावेज (पुस्तक) प्रकाशन गरेको छ।

– नेपाल सरकारका तत्कालिन परराष्ट्रमन्त्री तथा प्रतिष्ठान बोर्डका अध्यक्ष माननिय श्री प्रदीपकुमार ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको तर्फबाट प्रस्तुत सम्बोधनहरुलाई संकलन गरि पुस्तकका स्वरूपमा प्रकाशित गर्ने कार्य भएको छ।

-प्रतिष्ठानको उद्देश्यसँग सरोकार एवं सामिप्यता राख्ने राज्यका अन्य संस्थाहरु क्रमशः नीति अध्ययन प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, मध्य‑पश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय लगायतसँग सहकार्यको थालनी भएको छ।

– प्रतिष्ठानले नेपालको परराष्ट्र मामिला सम्बन्धी रणनीतिक विषयहरुमा शोध–अनुसन्धान गर्नका लागि नयाँ पुस्तालाई आर्कषित एवं प्रेरित गर्ने लक्ष्य लिएको छ। अनुसन्धानात्मक शोधार्थीहरुलाई अनुसन्धानमा प्रोत्साहन एवं हौसला प्रदान गर्न Grooming and Research Intern संचालन गरियो । दीर्घकालिन एवं समसामयिक विषयहरूमा केन्द्रित रही विषयगत विज्ञहरूको प्रत्यक्ष सुपरिवेक्षणमा पाँच जना युवा शोधार्थीहरूलाई Research Interns का रूपमा क्रियाशील गराएर पाँचवटा अनुसन्धानात्मक प्रतिवेदनहरू तयार पारी प्रकाशन समेत भएको छ।

– प्रतिष्ठानलाई एक पूर्ण स्वायत्त एवं शक्तिशाली थिंकट्याङ्कका रुपमा विकास गर्न विभिन्न निकायहरु जस्तैः प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिसँग परामर्श एवं छलफल भएको छ।

– नेपाल सरकारले अगाडि सारेको नविनतम फोरम सगरमाथा संवादूको सचिवालय रूपमा जिम्मेवारी निवाह गनुका अलावा संवादका लागि तय भएको जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई स्थानीय चासो र सरोकारसँग जोड्न क्रमशः पोखरा र जनकपुरमा परामर्श गोष्ठीहरूको आयोजना भए र उक्त कार्यक्रमहरूमा प्रस्तुत विचार एवं अवधारणाहरू समेटिएका प्रतिवेदन तयार पारिएका छन्।

– प्रतिष्ठान र नीति अध्ययन प्रतिष्ठानको संयुक्त संयोजनमा अन्तराष्ट्रिय सीमाको वैज्ञानिक व्यवस्थापनका सम्बन्धमा एक महत्वपुर्ण संवादको आयोजना गरी प्रतिवेदन तयार पारिएको छ।

– प्रतिष्ठानले समसामयिक तथा दीर्घकालीन महत्वका विषयमा बहस गर्ने उद्देश्यका साथ डिप्लोम्याट्स फोरम (Diplomats’ Forum) को शुरुवात भएको छ। डिप्लोम्याट्स फोरमका एकदेखि तेश्रो संस्करण सम्पन्न भएका छन्।

– प्रतिष्ठानले आफ्नो लक्ष्य मुताविक सञ्चालन गर्ने कुटनीतिक तालिमका लागि आधारभूत पाठ्यक्रमहरू तयार पारिएका छन्।

– अन्तर्राष्ट्रिय सम्बन्ध संचालन एवं कूटनीतिक प्रोटोकलको जानकारी हासिल गनुपर्ने विभिन्न निकायहरुलाई समेत सहभागी गराएर कुटनीतिक प्रशिक्षण र तालिम संचालन गदै आएको छ।यस अवधिमा नेपाल सरकारद्धारा विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुका लागि अभिमुखिकरण र सैनिक सहचारी लगायतका लागि तालिमहरु संचालन भएका छन्।

-अन्तर्राष्ट्रिय सम्बन्ध, बैदेशिक मामिला एवं रणनीतिक विषयलाई नेपालको सन्दर्भसँग जोडेर तयार पारिन लागेको “Nepalpedia on Foreign Affairs and Diplomacy”को लेखन कार्य अगाडि बढाइएको छ।

-प्रतिष्ठानले यस अवधिमा राष्ट्रिय सुरक्षा, आर्थिक कूटनीति र कोभिड‑१९ ले नित्याएको आप्रवासी समस्यासहितका तीनवटा विशिष्टिकृत विषयहरु पहिचान गरी शोधकार्य कार्य सम्पन्न गरेको छ।

-प्रतिष्ठानबाट समसामयिक विषयहरुमा विभिन्न कार्यशाला, सेमिनार एवं कन्फरेन्सहरु सम्पन्न भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्