बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

लोकपाटी न्यूज

काठमाडौं। साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्