बानेश्वरको मूल सडकमा भ्वाङ

लोकपाटी न्यूज

काठमाडाैं। तिनकुने-बानेश्वर सडक खण्डको संसद भवन अघिको मूल सडक भासिएर खाल्डाे परेकाे छ। सिभिल अस्पताल नजिकैकाे सडकमा साे खाल्डाे परेकाे हाे।

सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा भित्र ठूलो खाल्डो परेको देखिएकाे छ। खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा भने रोक लगाइएको छ।

केही वर्षअघि अन्तराष्ट्रियस्तरको भनि विस्तार गरिएको ६ लेन सडकको बानेश्वरबाट तिनकुनेतर्फ जाने सडक लेनको मुख्य सडक भासिँदा कुनै दुर्घटना भने नभएकाे ट्राफिक स्राेतले जनाएकाे छ। सडक भासिए पछि अहिले उक्त खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्