८७ अङ्कले बढ्याे नेप्से, सबै समूह हरियाली

लोकपाटी न्यूज

काठमाडौं। साताकाे दाेस्राे दिन आज सोमबार पनि शेयर बजारमा उल्लेख्य सुधार आएकाे छ। आज शेयर बजार परिसूचक नेप्सेमा ८७ अंककाे वृद्धिसँगै शेयर मार्केटमा सुधार देखिएकाे हाे।

आज ८७.६३ अंकले बढेर परिसूचक २६७२ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ४ अर्ब ३० करोड पुगेको छ । यस दिन १८३ कम्पनीको मूल्य बढ्यो भने ३ कम्पनीको मूल्य घट्यो ।

सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३७, विकास बैंक ३०१, फाइनान्स १७६, होटल तथा पर्यटन ८१, जलविद्युत २००, लगानी ३, जीवन बीमा ५३७, उत्पादन १४३, माइक्रोफाइनान्स १२१, निर्जीवन बीमा ४६७, अन्य ४६ र ब्यापार उपसमूह १५ अंकले बढे ।

डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । गोर्खा फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिश्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेलीको मूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै १० प्रतिशत नै मूल्य बढेका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा, शिवश्री र ग्रीनलाइफ हाइड्रोपावर छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्