भारत माओवादीलाई सिध्याउन चाहन्थ्यो, तर सकेन : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘माओवादीहरु भारतद्धारा उत्पादन गरिएको हो, उनीहरुलाई तालिम पनि भारतले नै दिएको हो, उनीहरुलाई हातहतियार पनि सबै भारतले नै प्रदान गरेको हो’ भन्ने निकै ठूलो छाप नेपाली समाजमा पार्न एउटा वर्गले बल गरेकाे बताएका छन्।

साेमबार काठमाडौंमा आयोजित नेपालका लागि भारतका पूर्वराजदूत रञ्जीत रे को हालै प्रकाशित पुस्तक ‘काठमाण्डु ईन डिलेमा : रिसेटलिङ ईण्डिया–नेपाल टाईज’ बारे समीक्षा गर्दै दाहालले यस्तो बताएका हुन् । उनले रायको पुस्तकमा माओवादीहरु भारतद्धारा उत्पादन गरिएको होइन भनेर प्रमाणित र आधिकारिक रुपमा व्याख्या गरिएको भन्दै आफूहरु खुशी भएको प्रतिक्रिया दिए ।

उनले भने,‘त्यो भ्रम चाहिँ यो किताबले चिरिदिन्छ । भारत त लास्टैसम्म पनि माओवादीलाई दबाएरै सिध्याउनुपर्छ भन्ने चाहन्थ्यो । आतंककारी नै ठान्दथ्यो, कुनै सहयोग गरेको होइन । बरु, भारतमा नै थुप्रै माओवादीहरु गिरफ्तार गरिएका हुन् । अन्तिममा १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको तयारी हुँदै गर्दा पनि भारतीय नेतृत्व पंक्तिमा दुई खालको धार थियो। एउटा कुनैपनि हालतमा माओवादी पिसमा ल्याउन हुँदैन, उनीहरुलाई दबाएर नै सिध्याउनुपर्छ भन्ने थियो । अर्कोले भने सेटेल गर्नुपर्छ भन्ने थियो । त्यो कुरा पनि रञ्जित रेले बडो स्पष्ट रुपमा राख्नुभएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्