सभापतिमा उठ्ने पाैडेलकाे घाेषणा

Ramchandra_Poudel
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्।  पाैडेलले पार्टीकाे नेतृत्व सही दिशामा हाँक्नकाे लागि आफूले सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेकाे बताएका हुन्।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए । “प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ”, उनले भने, “कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ” उनले भने ।

उनले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी सङ्कटमा पर्नसक्ने उनले बताए । “पार्टीको अधिवेशन हुनुपर्छ, नत्र पार्टी वैधानिक सङ्कटमा पर्नसक्छ”, पौडेलले भने, “वैधानिक सङ्कटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ ।” संविधानको कार्यान्वयन गर्ने दायित्व काँग्रेसले नै पूरा गर्नुपर्ने उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षा अनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उनले काँग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तीलाई दोहोर्याउन नहुने सुझाव दिए

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्