परमादेशको जवाफ जनादेशबाट दिन्छौं : प्रदीप ज्ञवाली

pradeep_gyawali
लोकपाटी न्यूज

गुल्मी। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले कार्यापालिका र न्यायालयबीच रहेको अपवित्र सम्बन्ध छरपस्ट भएको बताएका छन्। मंगलबार गुल्मीस्थित एमाले रेसुंगा नगरक कमिटीको प्रथम अधिवेशनमा ज्ञवालीले एमाले नेतृत्वको सरकारकारलाई परमादेश मार्फत् हटाउने न्यायालय अहिले आफैं ‘बिटुलो’ भएको बताए।

उनले भने, ‘यतिबेला सरकार मात्रै होइन, न्यायालय उदांगो बनेको छ, आसेपासेसँगै न्यायाधीशको कोटामा पनि मन्त्री बनेपछि कार्यपालिका र न्यायालयको अपवित्र सम्बन्ध पनि छरपस्ट भयो।’ सचिव ज्ञवालीले नागरिकले वर्षौंदेखि न्याय मागिरहेका बेला न्यायालय भने सरकारसँगै भागवण्डामा रुमलिँदा बिटुलिएको बताए।

उनले अदालतको परमादेशको जवाफ एमालेले आउने निर्वाचनमा जनादेशबाट दिने पनि बताए। ज्ञवालीले भने, ‘फेरि पनि जनताले एमाले खोजिरहेका छन्, गाउँगाउँमा पुग्छौं।’ सात दशकको आन्दोलनको उपलब्धि संस्थागत गर्नेदेखि देशका ठूला लडाइँमा अगुवाइ गर्ने एमालेले अब पनि स्थायित्व र समृद्धिको नेतृत्वको अगुवाइ गर्न सक्ने हिम्मत राख्ने उनले दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • भारतकाे ग्राण्ड डिजाइन्मा नेकपा फुटाउने दलालहरूले बढी गफ नगर, बढी नखाेक, बढी दम्भ नदेखाउ । यसभन्दा बढी बाेल्याै भने तिमीहरूका सबै पाेल खाेल्न हामी वाध्य हुनेछाैं ।