सर्वोच्चका सबै न्यायाधीश फुलकोर्टमा

Sarbochcha_Adalat
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सुरु भएको छ। पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएपछि शोक प्रस्ताव पारित गर्ने बैठक सुरु भएको हो। सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक बसेको थियो। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन्। फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरू शोक प्रस्ताव पारित गर्न बसेको बैठकमा भने सहभागी भएका छन्।

प्रधानन्यायाधीश राणा मन्त्रिमण्डलमा भागबन्डा खोजेको लगायत विषयमा विवादमा मुछिएपछि उनले निकासका लागि मार्गप्रशस्त गरिदिनु पर्ने न्यायाधीशहरूले बताउँदै आएका छन्। प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच अहिलेको विवादमा मतभेद हुँदा सोमबारदेखि सर्वोच्चमा इजलास चल्न सकेका छैनन्।

बुधबार प्रधानन्यायाधीश राणाले ११ वटा इजलास तोकेका थिए। अरू न्यायाधीश इजलासमा नबसे पनि राणाले आफ्ना इजलासमा सुनुवाइ गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्