सुडानका अपदस्थ प्रधानमन्त्री हमडोक नजरबन्दबाट मुक्त

pic cc
लोकपाटी न्यूज

काठमाडौं। सुडानका अपदस्थ प्रधानमन्त्री अबदल्लाह हमडोक नजरबन्दबाट मुक्त भएका छन्। मंगलबार उनलाई सेनाले कडा सुरक्षाका साथ नजरमुक्त गरेको हो।

सुडान सेना सैन्य कू लागू गर्दै सोमबार बिहानै सत्ता कब्जामा लिएको घोषणा गरेको थियो। सो घोषणासँगै प्रधानमन्त्री अबदल्लाहसहित मन्त्रिपरिषद्का सबै सदस्यलाई पक्राउपछि नजरबन्दमा राखेको थियो।

हमडोक नजरबन्दमा परेपछि अन्तर्राष्ट्रिय समुदायले सुडानका सेना प्रमुख अब्देल फताह अल बुर्हानको निन्दा गरेका थिए। अन्तर्राष्ट्रिय समुदायको निन्दापछि सेनाले अपदस्थ प्रधानमन्त्री र उनकी श्रीमतीलाई कडा सुरक्षाबीच घर फर्काइएको बताइएको छ। उनलाई सेनाले घरमै निगरानीमा राखिने बताइएको छ। सैन्य शासनविरुद्ध उत्रिएका जनतालाई सेनाले पक्राउ गरेको बताइएको छ।