मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत

Ashta-Laxmi-Shakya
लोकपाटी न्यूज

हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष लिखित राजीनामा दिएकी छन्। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए।

मुख्यमन्त्री शाक्य आज विश्वासको मत लिने तयारीमा थिइन्। उनले आफूले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताइन्। उनले भनिन्, ‘मैले सहजरुपमा छाडिदिएको छु। प्रदेश बनाउन सबै मिलेर काम गरौं।’

बागमती प्रदेशमा अब एकीकृत समाजवादीको राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाअघि बढाइने भएको छ।