संस्कारयुक्त बनौं, मिलेर अघि बढौं : अष्टलक्ष्मी शाक्य

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्। बुधबार प्रदेशसभामा विश्वासको मतमा बहुमत नपुग्ने भएपछि उनले  राजीनामा दिएकी हुन्।

प्रदेशसभालाई सम्बोधन गर्दै शाक्यले उनले एक अर्कालाई माया गरौं र विश्वास गरौं भन्दै जो सत्तापक्ष र विपक्ष भए पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताइन्।

उनले भनिन्,‘संस्कारयुक्त बनौं, मिलेर अघि बढौं भन्दै उनले भोटिङमा नलगी राजीनामा दिएकी हुँ। संविधान अनुसार म मार्ग प्रशस्त गर्छु।’

 शाक्यले आफूले विगतमा सबै कुरा त्यागेर संघर्षमा लोगेको बताइन्। यद्यपि, आफ्नो बलिदान खेर नगएको उनको भनाइ छ।

उनले गणतन्त्र र संघीयता संकटमा पर्न लागेको पनि बताइन्। संघीयता बलियो बनाउनुपर्नेमा जोड दिइन्। राजनीति संस्कारयुक्त बनाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्