सुनकाे मूल्य घट्याे, ताेलाकाे कति ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य ३ सयले घटेर ९१ हजार ७ सयमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजाबी सुनको मू्ल्य ९१ हजार २ सय कायम गरिएको छ। शुक्रबार तेजाबी सुनको मूल्य ९१ हजार ५ सय थियो।

यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० तोकिएको छ। शुक्रबार चाँदी १ हजार २ सय ४५ मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्