अरुण नदीमा चाँडै पक्की पुल बन्छ : मुख्यमन्त्री राई

लोकपाटी न्यूज

काठमाडाैं। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङटारका आज पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास समेत दिलाए । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवासीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए । उनले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्