सरकारद्वारा राहतका लागि निवेदन दिन आह्वान (सूचनासहित)

Artha mantralaye
लोकपाटी न्यूज

काठमाडौं। कोरोना महामारीका कारण जीविकोपार्जनको उपाय गुमाएका अति विपन्न वर्गमा पर्ने पाँच लाख परिवारलाई राहत रकम लिनका लागि निवेदन दिन सरकारले आह्वान गरेको छ।

कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई राहत स्वरूप १० हजार रुपैयाँ दिन लागेको हो। यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन पेस गर्न अर्थमन्त्रालयले सम्बन्धित परिवारलाई आग्रह गरेको हो।

राहत रकम प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रूपमा बसोबासरत व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्