साउदीको एक कम्पनीले माग्यो ५० जना नेपाली कामदार : तलब कति ?

saudi arab
लोकपाटी न्यूज

काठमाडौं। साउदीको एक कम्पनीले नेपाली कामदार माग गरेको छ। साउदीको रियाद सहरमा रहेका ewan human resources company कम्पनीले जेनेरल पब्लिक ड्राइभरका लागि २५ जना र ट्रक ड्राइभरका लागि २५ गरि जम्मा ५० जना नेपाली पुरुष कामदारको माग गरेको हो।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।

कामदारले तलब खान बस्न सहित ४४ हजार माथिदेखि ५६ हजार माथि पाउनेछन्। इच्छुक कामदारले मिराकल इम्प्लोइमेन्ट सर्भिस प्रालिको कार्यालय बालुवाटार काठमाडौंमा मंसिर ३ गते अन्तरवार्ता दिनु पर्ने छ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्