भियतनाम युद्ध र अमेरिकाको पराजय

Vietnam_War
लोकपाटी न्यूज
0 Shares

 दक्षिणको आन्दोलन दबाउन र प्रजातान्त्रिक गणतन्त्र (Democratic Republic of Vietnam)लाई ध्वस्त गरी भियतनामसहित सिंगो इण्डोचाइनामा आफ्नो आधिपत्य जमाउन अमेरिकाले केनेडी-टेलर-म्याकेनमार योजना अन्तरगत त्यहाँ विशेष युद्ध (Special war) गर्ने नीति लियो। (अमेरिकी साम्राज्यवादको तीन प्रकारको युद्ध नीत छ- स्पेसल वार, लिमिटेड वार र न्यूक्लियर वर्ल्ड वार)। विशेष युद्ध अन्तरगत कुनै पनि देश अथवा क्षेत्रलाई नवउपनिवेश बनाउन युद्ध क्षेत्रमा सोझै आफ्नो सेना नपठाई सल्लाहकार, तालिम दिने दल र रणनीति तय गर्ने कमाण्डर टोली पठाई सैन्य शक्ति आफ्नो कमाण्ड अन्तरगत राख्ने र त्यहाँका आफ्ना अनुयायी सरकार वा विद्रोही सैन्य दस्ताहरूलाई चाहिए जति हतियार, धन, अरू प्राविधिक र सैन्य सहयोग प्रदान गरी त्यहीको जनतालाई परस्पर लडाउने र विजयपछि नवउपनिवेशवादी नीति अन्तरगत त्यस देश वा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने गरिन्छ।

अमेरिकी साम्राज्यवादले दक्षिण भियतनामलाई यस नीतिको पहिलो परीक्षण स्थल बनायो। यसका लागि साम्राज्यवाद समर्थित दक्षिणी सरकारलाई सम्पूर्ण सहयोग प्रदान गरी भियतनामीलाई भियतनामी विरुद्ध लडाउने र उत्तर भियतनामी सरकार र दक्षिणको विद्रोह समाप्त गरी भियतनाममा मात्र होइन, सिंगो इण्डोचाइना र त्यसको जगमा पुरै दक्षिण-पूर्वी एसियामा कब्जा जमाउने रणनीतिमा लियो। तर, राष्ट्रभक्त भियतनामी जनताको राष्ट्रिय मुक्ति सेना र यावत क्रान्तिकारी जनताको अटुट एकता तथा सोभियत संघ र अन्य समाजवादी देशहरूको र अन्तर्राष्ट्रिय मजदुर आन्दोलन तथा कम्युनिष्ट आन्दोलनको सहयोगमा चार वर्षसम्म एकपछि अर्को गर्दै अमेरिकी आक्रमण र योजन विफल पार्दै यस योजनालाई पनि निष्फल मात्रै पारेन, यसबाट अमेरिका रक्षात्मक अवस्थामा पुग्न गयो।

सन् १९५९-६० मा लाओसमा पनि विद्रोहले तीव्रता लियो। जेनेभा सन्धिपछि पनि अमेरिकाले पाथेट लाओसको संयुक्त सरकारलाई समाप्त गर्न घेराबन्दी गर्‍यो। तर, क्रान्तिकारी जनता दुष्मनमाथि सशक्त प्रहार गर्दै घेराबन्दी तोड्न सफल भए। सिंगो इण्डोचाइनामा एकपछि अर्को चोट खाएपछि र विशेष युद्धको असफलता निश्चित देखेपछि अमेरिकाले अगष्ट सन् १९६४ मा आफ्नो सातौं समुद्री बेडासहित आफ्ना सहयोगी साउथ कोरिया, अस्ट्रेलिया र न्यूजीलैण्डसहितको संयुक्त सैन्य शक्ति दक्षिण भियतनाममा ओराल्यो। वायुसेनाको बलमा उत्तरी भियतनामलाई समाप्त गर्ने प्रयास गरियो। तर भियतनामीहरूको प्रहारबाट जोगिन सकेन। युद्धमा सफलता नमिलिरहेको, विश्वव्यापी रूपमा अमेरिकाको विरोध बढ्दै गइरहेको र अमेरिकाभित्रै विरोध तीव्र भइरहेको अवस्थामा बाध्य भएर जोन्सनले उत्तरी भियतनाममा भइरहेको हवाई आक्रमण सीमित गर्ने र वार्ता गर्ने प्रस्ताव अगाडि सार्‍यो।

मे सन् १९६८ मा पेरिसमा वार्ता सुरु गरियो। तर, निक्सनको ‘शान्तिको कुरा गर्दै गर तर युद्ध नछोड’को नीति अन्तरगत उत्तर भियतनामको दक्षिणी भागमा आफ्नो हवाई आक्रमण केन्द्रित गरी सात महिनासम्म उत्तरी भियतनामको आपूर्ति मार्ग रोक्ने कोसिस गर्‍यो। तर, ती प्रयास व्यर्थ साबित भए। युद्धमा अमेरिकाको ठूलो क्षति भैसकेको र अमेरिकामा नै युद्धको विरोध बढ्दै गएको तथा दक्षिण भियतनाममा प्रतिरोधी युद्ध मात्रै होइन, राजनैतिक प्रतिरोध पनि बढ्दै गएको अवस्थामा सन् १९६९ मा दक्षिण भियतनाममा ‘अलायन्स अफ नेशनल डेमोक्रेटिक फ्रन्ट’ र ‘लिवरेशन फ्रन्ट’को संयुक्त अस्थायी क्रान्तिकारी सरकार गठन गरियो। तर, साइगोनमा अमेरिका समर्थक सरकार नै रह्यो। निक्सनले सन् १९७२ को निर्वाचनमा आफ्नो विजय सुनिश्चित गर्न भियतनामबाट सेना फिर्ता गर्ने आशय व्यक्त गरेको हुँदा दक्षिण भियतनामी सरकारले दक्षिणबाट अमेरिकी सेनाको फिर्ती र शान्ति वार्ता अगाडि बढाउन नयाँ राष्ट्रिय सकार गठन गर्ने सर्तसहित सात बुँदे प्रस्ताव अगाडि सार्‍यो। यस प्रस्तावले विश्वव्यापी समर्थ प्राप्त गरेको हुँदा आफ्नो सर्तमा वार्ता गर्ने वातावरण बनाउन निक्सनले उत्तरमाथि हवाई आक्रमण झन् तीव्र पार्‍यो।

३ सेप्टेम्बर सन् १९७९ मा हो ची मिन्सको मृत्युपछि दक्षिण भियतनाममा प्राप्त केही सफलताको पृष्ठभूमिमा अमेरिकाले युद्ध चर्काउने कोसिसमा सन् १९७० मा कम्बोडियाको सिहानूक सरकारलाई अपदस्थ गरी लोन नोललाई सत्तामा ल्याएर त्यहाँ ठूलो आक्रमण गरे। तर, खमेर रूझले आक्रमण विफल मात्र पारेनन् ठूलो भू-भाग स्वतन्त्र गर्नुका साथै देशभरि क्रान्तिकारी आधार निर्माण गर्‍यो। लाओस् र दक्षिण भियतनामी लडाकाहरूले ठूलो विजय हासिल गरेपछि पराजयबाट आत्तिएको अमेरिकाले सन् १९७१ मा उत्तरी भियतनामलाई परास्त गर्न आफ्नो सर्वोकृष्ट सैन्य शक्ति परिचालन गरी अन्धाधुन्ध हवाई आक्रमण सुरु गर्‍यो। तर, यसमा पनि अत्यन्त ठूलो क्षतिसहित पराजय भोग्नु पर्‍यो। सन् १९७२ मा गुएनामा भएको असंलग्न राष्ट्रको सम्मेलनले कम्पूचियाको संयुक्त सरकार र दक्षिण भियतनामी गणतन्त्रलाई मान्यता दिनका साथै साइगौन सरकारलाई अमान्य गर्‍यो।

सन् १९७२को यस पराजयपछि चारैतिरबाट मारखाएको अमेरिका भियतनाम युद्ध समाप्त गर्न वार्तामा बस्न बाध्य भयो। २७ जनवरी सन् १९७३ मा पेरिसमा शान्ति सम्झौता सम्पन्न गरियो। सम्झौतामा अमेरिकाले भियतनाममा युद्ध समाप्त गरी सेना फिर्ता लैजाने, भियतनामको सार्वभौमिकता, स्वतन्त्रता र आत्मनिर्णयको अधिकार स्वीकार्ने, दक्षिणी भियतनामको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, दक्षिण भियतनाममा दुइटा सरकार र दुई सेनाको अस्तित्व स्वीकार गरी त्यहाँ त्रिपक्षीय सरकार गठन गर्ने सहमति कायम गरियो। २ मार्च सन् १९७३ मा सोभियत संघ, चीन, संयुक्त राज्य अमेरिका, ग्रेट ब्रिटेन, फ्रान्स, प्रजातान्त्रिक गणतन्त्र भियतनाम, दक्षिण भियतनाम गणतन्त्र, साइगोन सरकारबीच सम्झौता गरियो र यस सम्झौताको कार्यान्वयन र अनुगमका लागि गठित हंगेरी, पोलैण्ड, इण्डोनेसिया तथा क्यानडाको अन्तर्राष्ट्रिय कमिसनका चार देशको सम्मेलनले यसलाई प्रमाणित गरे। २९ मार्च सन् १९७३ मा अमेरिकाले साइगोनमा आफ्नो झण्डा उतार्‍यो। उसको अन्तिम सैन्य टुकडीले साइगोन छोड्यो। यस प्रकार सन् १८५८ मा फ्रान्सेली साम्राज्यवादको कब्जामा परेको भियतनामी जनता र सम्पूर्ण इण्डो चाइनिज जनताले स्वतन्त्रता प्राप्त गरे।

विश्वका सर्वशक्तिमान् देशहरू अमेरिका, फ्रान्स, जापान, ग्रेट ब्रिटेन जस्ता शक्तिशाली साम्राज्यवादीसँग लडिएको यो स्वतन्त्रता संग्राम मानव इतिहासकै अभूतपूर्व घटना हो, जसले इतिहासमै पहिलो पटक भियतनामी जनतालाई सामन्तवादी तथा साम्राज्यवादी दासताबाट मुक्त गरी स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न नागरिकको रूपमा स्थापित गरेको छ। यस युद्धकै दौरान भियतनाम कम्युनिष्ट पार्टीको जन्म भयो। कम्युनिष्ट पार्टीकै नेतृत्वमा यो अन्तिम युद्ध लडियो र विजय हासिल गरियो।

युद्ध समाप्तिपछि सफलता पूर्वक भियतनामको एकीकरण गरिएको छ। सन् १९८६ देखि आर्थिक तथा राजनैतिक सुधारको चरण सुरु गरी विश्व अर्थतन्त्रसँग सामञ्जस्य स्थापित गर्दै अगाडि बढिरहेको छ। सन् २००७ देखी वर्ल्ड ट्रेड युनियनको सदस्य छ। असोसिएशन अफ साउथ एसियन नेशन, एसिया पैसिफिक इकोनौमि कोअपरेशन तथा अर्गनाइजेशन इन्टरनेशनल फ्रान्कोफोनियाको सदस्य छ। सफलता पूर्वक तीव्ररूपमा आर्थिक विकास गर्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्