कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : मेयर थापा

pic 11
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, ३० कात्तिक। कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाका नगरप्रमुख भीम बहादुर थापाले बताएका छन्। द लर्ड वुद्ध युवा क्लब सुनवल ५ वनकट्टिले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै मेयर थापाले कला संस्कृतिले कुनै पनि ठाँउको पहिचान र विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै कला संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए।

विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको द लर्ड वुद्ध युवा क्लवले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रम नवप्रतिभाहरुको लागि पिलेटर्फम भएको मेयर थापाको भनाई छ।

समाज विकास गर्ने उद्देश्यसहित कहिले खेलकुद त कहिले सांस्कृतिक कार्यक्रम लगायत सचेतनामुलक कार्यक्रमहरु क्लवले गर्दै आएको क्लवका अध्यक्ष प्रेम वहादुर गुरुङले बताए। समाजिक रुपान्तरणको लागि युवा जागरण भन्ने नारासहित आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष थमनसिंह नेपाली, वडासदस्यहरु, समाजसेविहरु र स्थानीयहरुको वाक्लो उपस्थिति रहेको क्लवका सदस्य तथा कार्यक्रमका सञ्चालक समिर परियारले जानकारी दिए।

स्थानीय कलाकारहरुको र अदृष्य वेन्डको प्रस्तुती रहेको वृहत सांस्कृति कार्यक्रमलाई सफल बनाउन मुख्य प्रायोजकको रुपमा सुनवल आर्दश कृषि फर्म एण्ड कम्पनी प्रा.लि र सहप्रायोजकका रुपमा प्रमिस कोल्ड स्टोर रहेको क्लवका उपाध्यक्ष याम प्रसाद सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्