‘विद्यालयमा हेडमास्टरकाे सक्रीयता छ कि छैन ? तथ्यांक ल्याउनुस्’

लोकपाटी न्यूज

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानध्यापक (हेटमास्टर)को कार्यसम्पादन बारेको तथ्यांक माग गरेका छन्। शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले बुधबार देखि बिहीबारसम्म आयोजना गरेकाे शिक्षा इकाइका प्रमुखहरुको कार्याशालामा बाेल्दै मन्त्री पाैडेलले देशभरका सरकारी विद्यालयका हेडमास्टरले गरेका कामको तथ्यांक मागेका हुन्।

‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ,’ उनले भने  ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ, उहाँको सक्रियता कति छ तथ्यांक ल्याउनुस् ।’ मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान एवम् कम्प्युटर, ल्यावको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन्।

विद्यालयमा विषयगत शिक्षकले कस्तो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै उनले विद्यार्थी खुसी र रुचीअनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने औंल्याए। ‘क्षेत्राधिकार भित्रका कामहरु तत्काल थाल्नुहोस्’, उनले भने, ‘ऐन नियम र कानुनको समस्या छ भने त्यसलाई समाधान गरौं, हात बाँधेर अल्छि भएर नबस्नुहोस् ।’

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै समिति अथवा अध्यादेशमार्फत् त्यो ऐन आउने बताए।उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषदमा प्रस्ताव गरिएको भन्दै चाडै पास हुनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्