गायिका प्रविशा अधिकारीले गरिन् प्रेमी सिटौलासँग टीकाटालो

prabisha-adhikari bihe
लोकपाटी न्यूज

काठमाडौं। गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग बिहीबार इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माण सिटौला झापा चारपानेका हुन्। प्रविशा र निर्माणको टीकाटालो उनीहरुको गृहजिल्ला झापामा भएको हो।

सुरुमा पारिवारिक चिनजानको आधारमा बिहेको कुरा चलेको थियो। पछि निर्माण र प्रविशाबीच कुराकानी भई प्रेममा परिणत भएपछि उनीहरुको बिहे पक्का भएको पारिवारिक स्रोतले बताएको छ।

बिहेकै लागि निर्माण केही समय अगाडि मात्र नेपाल आएका थिए। मंसिर ५ गते उनीहरुको विवाह हुने तयारी भएको छ। प्रविशा थोरै गीत गाएर चर्चित छन्। अहिले चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चाइल्ड भर्सन ‘द भ्वाइस किड्स’को कोच समेत बनेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्