मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्वासको मत लिने

लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका हुन्।

शाही कात्तिक १६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री शाहीको विश्वासको मत परीक्षणका लागि मंसिर १४ गते प्रदेश सभाको बैठकको आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश सभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीका अनुासार १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्