आमिर खानको बिहेको चर्चा

Amir_Khan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। बलिउड इन्डस्ट्रीमा विवाहको सिजन चलिरहेको छ। हालै मात्र राजकुमार राव र पत्रलेखाले आफ्नो जिन्दगीको नयाँ सुरुआत गरे। अब धेरैको नजर क्याटरिना केफ र विक्की कौशलको विवाहतिर सोझिएका छन्। उनीहरूले डिसेम्बरको दोस्रो साता बिहे गर्दै छन्। यसैबीच अर्को खबर पनि आएको छ, अभिनेता आमिर खानसमेत तेस्रो विवाह गर्ने तरखरमा छन्।

केही महिनाअघि आमिरले अचानक आफ्नी पत्नी किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए। सामाजिक सञ्जालमा अहिले यस्तो चर्चा भइरहेको छ, आमिरले चाँडै तेस्रो विवाह गर्दै छन्। र, उनले विवाहको घोषणा आफ्नो आगामी चलचित्र ‘लाल सिंह चड्ढा’ को रिलिजपछि गर्नेछन्। यो फिल्म अर्को वर्ष अप्रिलमा रिलिज हुने छ। उनले आफ्नो फिल्मकै कुनै को-स्टारसँग विवाह गर्ने चर्चा छ।

आमिर र किरण रावको अचानक सम्बन्ध विच्छेद भएपछि सामाजिक सञ्जालमा अभिनेत्री फातिमा सना शेख निकै ट्रोल भएकी थिइन्। फातिमा आमिर खानसँग फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’ मा देखिएकी थिइन्। यस्तो अफवाह फैलिएको थियो, आमिर खान र फातिमा सना शेख सम्बन्धमा छन्। यद्यपि, बिस्तारै त्यस्तो हल्ला मत्थर भयो।