गायिका प्रविशा अधिकारीले गरिन् प्रेमी सिटौलासँग विवाह

Prabisha Adhikari
लोकपाटी न्यूज

काठमाडौं। गायिका प्रविशा अधिकारीले विवाह गरेकी छन्। आइतबार गायिका अधिकारीले झापाका निर्माण सिटौलासँग विवाह गरेकी हुन्।

‘द भ्वाइस किड्स’मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि झापाका निर्माण सिटौलासँग प्रेम सम्बन्धमा थिइन्। आइतबार झापाको विर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन्। उनीहरुको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ।

प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन्। उनले गाएका दर्जनभन्दा बढी गीतहरु पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन्। हालसालै उनी बालबालिका केन्द्रित रियालिटी शो ‘द भ्वाइस किड्स’मा कोचको रुपमा पनि आवद्ध भएकी छन्। गत बिहीबार उनीहरुको इन्गेजमेन्ट भएका थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्