मासिँदै देशकै जेठो गौशाला

gausala pic
लोकपाटी न्यूज

काठमाडौं। ९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो। १५ सय गाई थिए। जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा छ। गाई, बच्छाबाच्छी र साँढे गरी २ सय ९४ वटा मात्रै बाँकी छन्। झन्डै ५२ बिघा जमिन र १२ सय गाई हराएका छन्।

गौशालाको सम्पत्ति विभिन्न व्यक्तिले हडपेका छन्। जसकारण चरण क्षेत्र मासिएको छ। गाईलाई खुवाउन हम्मेहम्मे परिरहेको छ। जहाँ वस्ती विस्तार भइसके। ठूला पक्की भवन बनिसकेका छन्। ‘गाईले केही खानेकुरा पाउँदैनन्। पराल पनि १० दिनमा एक दिन पाउँछन् । गुन्डा ९कुडो० त देख्नै पाउँदैन। गाई, बाच्छाबाच्छी, साँढे भोकै प्याँसै बाँचिरहेको छ,’ गोठाला प्रमेश्वर मण्डल भन्छन्, ‘डेढ महिनाभित्र १० वटा गाईवस्तु खानै नपाएर मरे।’ यहाँ काम गर्ने २० कर्मचारीले नियमित तलबसमेत नपाएको उनी सुनाउँछन्।

बहाल बिदौरीका नाममा जग्गा भाडा लिएकाहरुले आफ्नै नाममा लालपुर्जा बनाएका छन्। नापी, मालपोत र गौशालाकै कर्मचारीको मिलोमतोमा जग्गा हडपेको जानकार बताउँछन्। यहाँको सम्पत्तिमा बोलवालाको रजाइँ छ।विभिन्न दलका स्थानीय नेताले अतिक्रमणकारीलाई साथ दिएको जनता समाजवादीका लक्ष्मी महतो बताउँछन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्