नेप्सेमा ३२ अङ्ककाे गिरावट

लोकपाटी न्यूज

काठमाडौं । साेमबार ७.९० विन्दुले बढेको सेयर बजार परिसूचक नेप्से आज मंगलबार ३२.२९ विन्दुले ओरालाे झरेर २७३३.१४ विन्दुमा आएकाे छ। यस दिन नेप्से परिसूचकसँगै कारोबारमा पनि गिरावट आएकाे छ।

यस दिन अन्य समूहबाहेक अरू कारोबार भएका सबै समूहमा गिरावट आयो । निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च २०१.५ अंकको गिरावट आयो भने जीबन बिमा समूह पनि १८९.५२ अंकले झर्‍यो । यस्तै, विकास बैंक समूहमा ११९.९८ अंकले गिरावट आउँदा उत्पादनमूलक समूह पनि १०१ अंकले ओर्लियो ।

यस दिन कारोबार परिमाणमा पनि गिरावट आयो । २२७ कम्पनीको ७४ लाख ४८ हजार कित्ता सेयर चार अर्ब १६ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मानुषी लघुवित्त कम्पनीको सेयर भाउ सबैभन्दा बढी १० प्रतिशतले बढ्यो भने आईसीइफसी फाइनान्स, एनआईबीएल प्रगति फन्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५/५ प्रतिशतले घट्यो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा सेयर बजारसँग सम्बन्धित विषयको सम्बोधन हुने/नहुने भन्नेमा सेयर लगानीकर्ता अन्योल देखिएकाले कारोबार परिमाण पनि घट्दै गएको विश्लेषक बताउँछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्