महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले आसन्न दसौं महाधिवेशनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटि बनाएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको हो।

जसमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम बहादुर रावल, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

त्यस्तै एमालेले माइन्युट कमिटी पनि बनाएको छ। जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्