प्रेस सेन्टर चितवनको अध्यक्षमा सूर्य पाठक

pic 55
लोकपाटी न्यूज

चितवन। प्रेस सेन्टर नेपाल जिल्ला शाखा चितवनको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलबार भरतपुरमा भएको अधिवेशनले चितवन जिल्ला समन्वय समिति, भरतपुर महानगर समिती र माडी नगर समिति गठन गरेको हो।

अधिवेशनले जिल्ला समन्वय समितीको अध्यक्षमा सूर्य पाठक, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र आचार्य, उपाध्यक्षमा सुजिता हमाल, सचिवमा रवि अधिकारी, सहसचिवमा हिरालाल गुरूङ, नवीन मरहठठा र कोषाध्यक्षमा किशोर सापकोटा चयन गरेको छ।

सदस्यमा हरी उप्रेती (भुवन), शोभा पुडासैनि, दुर्गा दाहाल, विबेक पोख्रेल, सन्तोष बिक चयन भएका छन्। प्रदेश प्रतिनिधिमा सुमन गैरे, प्रविण बराल, बालगोबिन्द न्यौपाने, गोपाल परियार, विर बहादुर सिजाली, सन्तोष देबकोटा, सन्तोष बस्ताकोटी र उर्गेन तमाङ चयन भएका छन् भने केन्द्रिय प्रतीनिधिमा चिन्तामणी पोख्रेल र अमरदेव प्रधान चयन भएका छन्।

त्यस्तै भरतपुर महानगर समितिको अध्यक्षमा अजिता अधिकारी,उपाध्यक्षमा सुरेश कुवर, सचिवमा अनिल भट्टराई, कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्। सदस्यमा सुमन सुबेदी, सुचना गुरुङ्ग, आयुष न्यौपाने, अजय गोर्खाली, मनिष अधिकारी, प्रमिता भण्डारी, विशाल अम्गाई चयन भएका छन्।

त्यस्तै माडी नगर समितिको अध्यक्षमा सरिता महतो (अपेक्षा), सचिवमा अजित अधिकारी, कोषाध्यक्षमा सृजा थापा, चयन भएका छन्। सदस्यमा प्रबिण भण्डारी, प्रिती पोखरेल , बलराम पाठक, शर्मिला लामिछाने, प्रविन सुबेदी, अशोक परियार, पार्वती अर्याल, शिला पाठक, बिजय विश्वकर्मा, पुष्पा पौड्याल, नारायण दुबे, सूर्यमान शाह चयन भएका छन्।

बन्द सत्र संगठनका सदस्य सुमन गैरेको अध्यक्षतामामा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथी संगठनका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी रहेका थिए।