राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

lama-tandi-sherpa pic
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।

उनको ५० वर्षको उमेरमा बुधबार उपचारको क्रममा विशालनगरस्थित ओरिगन केयर होम निधन भएको हो।

शेर्पा लामो समयअघिबाट नसा सम्बन्धी रोगबाट पीडित थिए। उनी नेपाल बास्केटबल संघका अध्यक्ष र नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिवसमेत थिए। शेर्पाको आजै बौद्धस्थित शेर्पा गुम्बामा अन्त्येष्टि गरिने पारीवारिक श्रोतले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्