सर्वोच्च गेटबाट ‘बालुवाटार न्याय मार्च’ गरिँदै

लोकपाटी न्यूज

काठमाडौं। विभिन्न पेशागत तथा नागरिक संस्थाहरूले ‘बालुवाटार न्याय मार्च’ गर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाउन माग संस्थाहरूले आज (बिहीबार) दिउँसो २ बजे सर्वोच्च सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म न्याय मार्च गर्ने भएका हुन्।

मार्चमा सहभागी हुन नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले मंगलबार नै आह्वान गरेका थिए।

पेशागत तथा नागरिक संस्थाहरूले प्रधानन्यायाधीश राणाविरुद्ध तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्न माग गरेका छन्।

गठबन्धन सरकारले न्यायपालिकाको प्रतिष्ठा गिराएर कानुन व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा हरियारधारी दंगा प्रहरी परिचालन गरी सर्वोच्च अदालतलाई युद्धग्रस्त क्षेत्रजस्तै बनाएको आरो पनि उनीहरूले लगाउँदै आएका छन्।

न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूसँग संस्थाहरूको माग छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्