मौसम पूर्वानुमान : यी प्रदेशमा हिमपातको सम्भावना

Kathmandu_Mausam
लोकपाटी न्यूज

काठमाडौं। अहिले देशका धेरै क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। काठमाडौंसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन्।

तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन। मौसम धुम्म भएको छ। तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो।

तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।

यस्तै, आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए। यी क्षेत्रमा राति पनि हिमपात हुने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्