विश्वकप एसिया छनोट : कुवेतमाथि नेपालको फराकिलो जित

Nepal_Women
लोकपाटी न्यूज

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ। जारी प्रतियोगिताको नेपालको यो लगातार दोस्रो जित हो।

यसअघि नेपालले दोस्रो खेलमा भुटानलाई ६ विकेटले हराएको थियो। हकङकङसँग भने नेपाल ६ विकेटले पराजित हुन पुग्यो। तेस्रो खेलमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि इन्दु वर्माले १३, रुबिना क्षेत्रीले अविजित १२ रन बनाए। सीता राना मगर भने आज शून्यमै आउट भइन्। बलिङमा मीरा जश्वीले एक विकेट लिइन्।

त्यसअघि, दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेत २७ रनमै अलआउट भयो। उसका लागि प्रियादा मुरलीले १० रन बनाइन्। बाँकी १० ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङमा संगीता राइले ३, रुविना क्षेत्री, करुणा भण्डारीले दुईरदुई र सरस्वती चौधरीले एक विकेट लिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्