एमाले अध्यक्ष केपी ओली चितवनमा

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आइपुगेका छन्। एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि उनी बिहीबार दिउँसो चितवन पुगेका छन्। एमालेको महाधिवेशन भोलि शुक्रबार नारायणी नदी किनारमा उद्‌घाटन हुँदैछ। महाधिवेशन १२ गतेसम्म चल्ने एमालेले जनाएको छ।

एमालेका अधिकांश नेताहरू चितवन पुगिसकेका छन्। ‌ओलीलाई भरतपुर विमानस्थलमा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। विमानस्थलमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिएर ओली सौराह प्रस्थान गरेका छन्। उनले सौराहमा आराम गर्नेछन्। त्यसपछि उनी महाधिवेशनस्थल अवलोकनका लागि जाने नेताहरूले बताएका छन्।

त्यस्तै, ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन्। सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ। ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्