एमाले उपमहासचिवमा उठ्ने बिन्दा पाण्डेको घोषणा

binda pandey
लोकपाटी न्यूज

चितवन। नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद बिन्दा पाण्डेले पार्टीको उपमहासचिवमा दाबी गरेकी छन्। चितवनमा शुक्रबारदेखि सुरु हुने एमालेको दशौं महाधिवेशनमा आफूले उपमहासचिवमा उठ्ने तयारी गरिरहेको पाण्डेले बताइन्।

‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ पाण्डेले भनिन्,‘सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’ नेकपा एमालेमा १५ जना पदाधिकारी हुने व्यवस्था छ। १५ जनामध्ये कम्तीमा पनि एक तिहाइ महिला पदाधिकारी हुनु पर्ने माग उठिरहेको छ।

एमालेका केही नेताहरूले अहिले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्नु पर्ने बताइरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्